संस्थाको परिचय
नेपालमा च्याउ खेतीको विकासलाई आजको स्थितिमा ल्याउन विगत चार दशकदेखि निरन्तर लागिरहेका च्याउ गाउँ बलम्बुका च्याउ व्यवसायी तथा युवा उद्यमीहरुबाट समस्त नेपालभरि आधुनिक च्याउ फार्म र व्यवसायिक कृषक बनाई पर्याप्त च्याउको उत्पादन गरि रोजगारी सिर्जना तथा च्याउ निर्यात गर्ने उद्देश्यले यस बलम्बु च्याउ सहकारी स स्था लि. को स्थापना गरिएको हो । यस स स्थामा आबद्ध सम्पूर्ण व्यवसायी वा पेशामा सलग्न सदस्यहरुको आवश्यकता अनुसारको सेवा उपलब्ध गराउने देखि आर्थिक, भौतिक, सामाजिक रुपमा सबल बनाई सभ्य तथा सफल समाजको स्थापना गर्नु यस सहकारी स स्थाको लक्ष्य रहेको छ ।
परिकल्पना
सहकारीको मार्फत व्यवसायिक च्याउ खेतीको विकास गरी नेपालको बेरोजगारी समस्याको समाधान, गुणस्तरिय खाद्यान्नको आपूर्ति तथा देशको आर्थिक विकासमा योगदान गर्ने ।
ध्येय
प्रतिस्पर्धी, गुणस्तरीय, सर्वसुलभ वित्तिय सेवा प्रदान गर्नुका साथै च्याउ खेतीको आधुनिक विकास एव प्रवद्र्धन गर्ने ।